उत्कृष्ट पुनरागमन गर्दै टोटेन्ह्याम नकआउट चरणमा

एजेन्सी । ईङ्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम अघिल्लो चरण प्रवेश गरेको हो ।

खेलमा २–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो ।

यस संगै नयाँ प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा पहिलो जित आत्मसाथ गरेका छन् ।

खेलमा अग्रता पाहुना टोलीले छैटौ मिनेटमा अल अरबीको गोलबाट लिएको थियो । १९ औ मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई अप्रत्यासीत २–० को अग्रता दिलाए । तर डेली अलीले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने कोशिश गरे ।

५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए । केनले ७७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए ।