‘सेल्फी किंङ’ मा बिपिनको यस्तो लुक्स

काठमाण्डौ। विपिन कार्की अभिनित ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक भएको छ। फस्ट लुकसँगै सिनेमाले आफ्नो रिलिज मिति पनि घोषणा गरेको छ।

सिनेमा माघ २४ गते रिलिज हुने भएको छ। ‘सेल्फी किंङ’मा विपिन कार्की सोही नामको पात्रको परिचित चर्चित हाँस्य कलाकार (टेलिभिजन)को भुमिकामा देखिनेछन् ।

सिनेमाले विपिनका माध्यमबाट कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ।

ड्रामा तथा कमेडी श्रेणी अन्तरगत राखिएको सिनेमालई डेब्यू निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन्।

सिनेमामा विपिनका साथै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ।