यि हुन लिगमा एकै सिजन १०० गोलको कोशेढुंगा पार गर्ने क्लबहरु

एजेन्सी। विश्वभरका घरेलु लिगहरुको प्रत्येक सिजनमा निकै नै प्रतिस्पर्धात्मक खेलहरु हुने गर्दछन। लिगमा एक पछि अर्को रेकर्डहरु बन्ने गर्दछन। प्रत्येक सिजन क्लबहरु नयाँ-नयाँ खेलाडीहरु भित्र्याएर अझ सशक्त हुने गर्दछन। लिगमा खेल जित्ने, अंक बटुल्ने, धेरै भन्दा धेरै गोल गर्ने, लिग जित्ने जस्ता कुराहरुमा निकै नै प्रतिस्पर्धा हुने गर्दछ।

लिगमा १०० गोलको कोशेढुंगा पार गर्नु पनि चान्चुने कुरा पक्कै हैन। तपाईहरुलाई लाग्न सक्छ लिगमा १०० गोल गर्ने टीमले पक्कै पनि लिग त जित्छ नै, तर तपाईको अनुमान गलत पनि हुनसक्छ। हो, विश्वका ठुला लिगहरुमा यस्तो पनि हुने गर्दछ।

आज हामी चर्चा गर्दै एकै सिजनमा १०० गोलको कोशेढुंगा पार गर्ने टीमहरुको

६.लिभरपुल(१०१ गोल, सिजन २०१३/१४)
२०१३/१४ सिजनको प्रिमियर लिगमा लिभरपुलले १०१ गोल गरेको थियो। जसमा लुइस स्वारेज एक्लैले ३१ गोल गरेर सिजनको गोल्डेन बुट समेत जितेका थिए भने स्टिभन जेरार्डले १३ गोलमा असिस्ट गरेका थिए। लिगमा १०१ गोल गरेपनि त्यो सिजनको उपाधि भने लिभरपुलले जित्न सकेन। उसले दोश्रो स्थान हासिल गरेको थियो। उक्त सिजनको उपाधि म्यान्चेस्टर सिटीले २ लिभरपुलभन्दा २ अंक बढी ल्याएर लिग जितेको थियो।


५.चेल्सी(१०३ गोल, २००९/१०)
चेल्सीले २००९/१० को सिजनमा १०३ गोल संगै प्रिमियर लिगको उपाधि जितेको थियो। त्यो सिजन चेल्सीको इतिहासकै उत्कृष्ट सिजन पनि थियो जहाँ चेल्सीले लगातार दोश्रो पल्ट लिग जितेको थियो। त्यस सिजन चेल्सीकै डिडियर ड्रोग्बाले ३१ खेलमा २९ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए भने चेल्सीले एफ ए कपको उपाधी पनि लगातार दोश्रो पटक जितेको थियो।


४.पेरिस सेन्ट जर्मन(१०५ गोल, २०१८/१९) २०१८/१९ सिजनमा पेरिस सेन्ट जर्मनले १०५ गोल गर्दै लिग उपाधी हात पारेको थियो। लिगमा क्ल्याइन एम्बाप्पेले ३३ गोल गर्दै गोल्डेन बुटको उपाधि जितेका थिए।


३.म्यानचेस्टर सिटी(१०६ गोल, २०१७/१८)
म्यान्चेस्टर सिटीले २०१७/१८ सिजनमा प्रिमियर लिग इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै १०६ गोल गर्दै लिगको उपाधि पनि हात पारेको थियो। त्यस क्रममा प्रिमियर लिगको केहि रेकर्ड समेत बनेका थिए। जसमा सिटीले प्रिमियर लिगको इतिहासमै १०० अंकको कोशेढुंगा पार गरेर रेकर्ड कायम गर्न सफल भयो, लिगको अवे गेममा सर्वाधिक ५० अंक बटुल्ने अर्को रेकर्ड समेत बनाएको थियो। साथै सर्वाधिक ३२ जित, लगातार १८ खेलमा जितका साथै ७९ गोलको फरकको किर्तिमान समेत बनाएको थियो।


२.बार्सिलोना(११६ गोल, २०१६/१७)
बार्सिलोनाले २०१६/१७ को सिजनमा ११६ गोल गर्दै ला लिगाको उपाधि जितेको थियो, जुन क्लबकै इतिहासमा सबै खाले प्रतियोगितामा सर्वाधिक गोलको इतिहास कोरेको थियो। त्यस सिजनमा लियोन मेस्सीले सर्वाधिक ३७ गोल गर्दै गोल्डेन बुटको उपाधि जितेको थियो। ११६ गोल मध्य ६४ गोल आफ्नो गृहमैदानमा तथा अवे गेममा ५२ गोल गरेको थियो।


१.रियल म्याड्रिड(१२१ गोल, २०११/१२)
ला लिगा तथा क्लब लिगको इतिहासमा एकै सिजनमा लिगमा १२१ गोल गर्दै सर्वाधिक गोलको रेकर्ड बनाएर लिग उपाधि जितेको थियो। जसमा १०० अंकको साथै सर्वाधिक ८९ गोल अन्तर समेत कायम गरेको थियो। सिजनमा ३२ जित निकाल्दै अर्को रेकर्ड समेत कायम गरेको थियो। उक्त सिजन लिगमा ४६ गोल तथा सिजनको सम्पुर्ण प्रतियोगितामा ६० गोल गर्दै रियल म्याड्रिडकै क्रिष्टियानो रोनाल्डोले सर्वाधिक गोल कर्ताको रेकर्ड आफ्नो नाम गराएका छन।