मैत्रिपुर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ। शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो ।

मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।

सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

खेलमा ब्राजिलको तर्फबाट ग्र्याबियल जिजसले पेनाल्टी खेर फाल्दा ब्राजिल खेलमा फर्कने मौका गुमाएको थियो।