प्राकृतिक सुन्दरताको अर्को नाम ‘शे-फोक्सुन्डो'(फोटो फिचर)

मुक्तिनाथ टाईम्स। प्राकृतिक सौन्दर्यताले भरिपुर्ण मेरो देश, आहा!! कति सुन्दर छ, सायद संसारको आठौ आश्चर्य भन्दा पनि फरक नपर्ला। यति सुन्दर देशमा बस्ने हामी नेपाली कति भाग्यमानी।

आज हामी चर्चा गर्दैछौँ निकै नै सुन्दर अनि मनमोहक शे-फोक्सुन्डो तालको बारेमा। यो ताल समुन्द्री सतहदेखि ३९ सय मिटरको उचाईमा छ । यसको लम्बाई ४ दशमलव ८ किलोमिटर र चौडाई १ दशमलव ६ किलोमिटर रहेछ भने गहिराई चाहि ६ सय ५० मिटर रहेको छ ।

बाँकेको कोहलपुरबाट सल्यान हुँदै रुकुमको रारी बजारसम्म बसको यात्राबाट पुग्न सकिन्छ। त्यसपश्चात रारीबाट जिपको सहायताले डोल्पाको सदरमुकाम दुनै सम्म पुग्न सकिन्छ। सदरमुकाम दुनैबाट भने पैदल यात्रा गर्दै शे-फोक्सुन्डोसम्म पुग्न सकिन्छ।

कहिले ठाडो उकालो त कहिले भिरालो बाटो छिचोल्दै एरिक भ्यालीको ‘क्यारभान’मा आङ जिरिङ्ग हुने भिरालो बाटो, फेदमा गडगडाएर बगिरहेको हिमाली खोला हेर्दै अगाडी बड्दा थकानको महशुस नै हुदैन।

पत्रे चट्टानले घेरिएको विशाल जलाशय देखेपछि जो-कोहि एकछिन भाव शून्य हुनेछन । बारम्बार चलिरहने हावाको वेगसंगै लहरिने पानीको छालले सबैलाई रोमाञ्चक तुल्याउनेछ । अनि ति दृश्यहरुमा एकाकार हराईरहँदा आफैँलाई भुलेको अनुभव गर्न सकिने छ।
सारा दुखः पिडा, थकान बिर्सियर संसार जितेको अनुभव गर्न सकिने छ।

समुन्द्री सतहदेखि ३९ सय मिटरको उचाईमा अवस्थित कान्जिरोवा हिमालको काखमा थपक्क बसेको विशाल फोक्सुन्डो ताल देख्दा संसार नै जितेको भान हुन्छ ।

साच्चै नै सुन्दर अनि मनै लोभ्याउने निकै नै मनमोहक शे-फोक्सुन्डोको काखमा पुग्दा स्वर्ग नै पुगेको अनुभुति हुन्छ।