राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच शितल निवासमा भेटवार्ता

काठमाण्डाै, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानि भएको थियो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे पनि छलफल भएको थियो ।

पहिलेदेखि नै नेपाल र बंगलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकाेमा उहाँलाई धन्यवाद दिनुभयो । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो ।

sf7df8f}F, @& sflQsM /fi6«klt e08f/L / a+unfb]zsf ;dsIfL xldbaLr lzi6frf/ e]6 /fi6«klt ljBfb]jL e08f/L;Fu a+unfb]zsf ;dsIfL df]xDdb cAb’n xldb a’waf/ /fi6«klt ejg zLtn lgjf;df lzi6frf/ e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकाेमा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गर्नुभयो ।

बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बंगलादेशका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

उहाँहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।