बंगलादेशका राष्ट्रपति ४ दिने राजकीय भ्रमणका लागि काठमाडौँमा

काठमाडौं, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउनु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद आजदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ । बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।