नियमित बियर सेवन हुनसक्छ पत्थरी र टाउको दुखाईको अचुक औषधी

हाम्रो समाजमा मादक पदार्थ सेवनलाई नराम्रो नजरले हेर्ने प्रचलन छ। हुनपनि मादक पदार्थ सेवन गरेपछी होहल्ला गर्ने, झगडा गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता नकारात्मक कार्य हरु हुने, घरपरिवारमा झै-झगडा हुने जस्ता नकारात्मक कार्यहरु प्रशस्तै हुने गरेको घटना हरु देख्न पाइन्छ। मदिरा सेवनले धनको नाश त हुन्छ-हुन्छ साथै मानिसको स्वास्थ्यमा पनि नराम्रो असर गर्दछ।

हुन त मदिरा सेवन गर्नु नराम्रो हो तर मदिरा सेवन पनि नियमित उचित मात्रामा सेवन गर्ने बानी गर्यो भने हाम्रो जिवनमा सकारात्मक असर पनि गर्दछ। मादक पदार्थ नियमित र उचित मात्रामा सेवन गर्नाले हाम्रो लागि औषधीको रुपमा पनि काम गर्छ भन्ने विभिन्न अध्ययन हरुले देखाएको छ। यसै अन्तर्गत आज हामी बियरको सेवनले के के फाइदा लिन सकिन्छ भनेर चर्चा गर्दै छौँ।

“बियर” पनि एक प्रकारको मादक पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने एक अध्ययनले देखाएको छ ।

बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।

बेलायतको एक युनिभर्सिटीमा भएको अनुसन्धान करिब १००० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले नियमित १ बोतल बियर पिउनाले पेनकिलरको काम गर्ने बताए । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।

यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।

१ गिलास बियर नियमित १ महिना सम्म पिउने गर्नाले मृगौलामा भएको पत्थरी समेत ठिक हुने अध्ययनले देखाएको छ ।
हप्तामा दुई पटक बियर पिउदा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।
व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ ।

अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ । बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ ।