धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ फाल्गुन ९ देखि प्रदर्शनमा आउने

काठमाडौँ । हाँस्य कलाकार धुर्मुस (सिताराम कट्टेल) तथा सुन्तली (कुञ्जना घिमिरे) द्वारा अभिनित चलचित्र ‘सेन्टी भाइरस’ यहि फाल्गुन ९ गते देखि प्रदर्शनमा आउने भएको छ।

यसै बिच चलचित्र ‘सेन्टी भाइरस’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको फस्टलुकको पोष्टरमा सिताराम (धुर्मुस)लाई भादगाउँले टोपीमा एकल रुपमा देखाईएको छ । सुबिहानी फिल्म्स् प्रा लि.को प्रस्तुतिमा तयार पारिएको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन ।

चलचित्रमा धुर्मुस सुन्तलीसंगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दिपक आचार्य लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सामाजिक विषयवस्तुमा बनाईएको यस चलचित्रलाई डिन्डु लामाले निर्माण गरेका हुन् भने फिल्मको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (पाँडे) ले तयार पारेका हुन् ।