‘गो ब्याक इन्डिया’ काे नारा लगाउँदै काठमाडाैंमा प्रदर्शन

भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभागलाई समावेश गरेको भन्दै सत्तारुढ र प्रमुख विपक्षी दलका विद्यार्थी स‌ंगठनले काठमाडाैमा प्रदर्शन गरेका छन् । 

 काग्रेस निकट नेविसंघका कार्यकताहरुले तत्काल भारतले उक्त नक्सा सच्चाउनुपर्ने भन्दै नारावाजी गरेका थिए । प्रदर्शनपछि काठमाडौको माइतिघरमा उनीहरु कोणसभा गरेका थिए । त्यस्तै नेविसंघका पूर्व पदाधिकारीले भारतीय दुतावास अघि भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभागलाई समावेश गरेको भन्दै प्रर्दशन गरेका थिए ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

अनेरास्ववियु ’गो ब्याक इन्डिया’ लेखेको ब्यानरसहित प्रदर्शन गर्दै काठमाडौंको प्रदर्शनीमार्गबाट काठमाडौंका बिभिन्न स्थान पुगेका थिए । प्रदर्शनमा सहभागीहरुले ’ब्याक अफ इन्डिया’, ’लिपुलेक हाम्रो हो’, ’भारतीय विस्तारवाद् मुर्दावाद’, ’असमान सन्धीहरु खारेज गर्’, ’कालापानी हाम्रो हो’, ’मिचिएको हाम्रो भूमि फिर्ता गर्’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए ।

जम्मू कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले गत शनिवार नयाँ नक्सा जारी गरेको छ । नक्सामा पाकिस्तान नियन्त्रित कश्मीर, आजाद जम्मू कश्मीरको केही स्थानका साथसाथै नेपालको भूभाग समेत राखिएको बताइएको छ ।

भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको भन्दै नेपालमा चर्को विरोध सुरु भएको छ ।