च्याम्पियन्स लिगः आयाक्सविरुद्द चेल्सीको उत्कृष्ट पुनरागमन

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत गयराती सम्पन्न खेलमा लण्डन क्लब चेल्सीले उत्कृष्ट पुनरागमन गरेको छ ।

मंगलबार भएको खेलमा ४-१ ले पछि परेको स्थिति उल्ट्याउदै चेल्सीले आयाक्ससंग ४–४ गोलको बराबरी खेलेको हो ।

दोस्रो मिनेटमा टमी अब्राहमले आत्मघाति गोल गरेपछि अजाक्सले खेलमा अग्रता बनाएको थियो तर जोर्गिन्होले चौथो मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।

त्यस्तै क्विन्सी प्रमिसले २० औ मिनेटमा गोल गर्दै अजाक्सलाई अग्रता दिलाए ।

हकी जिचले फ्रिकिकमा चेल्सीका किपा एरिजाबलागाले ३५ औ मिनेटमा आत्मघाति गोल गरेपछि अजाक्स ३–१ ले अगाडी बढेको थियो ।

भान डी विकले ५५ औ मिनेटमा अजाक्सका लागि चौथो गोल गरेका थिए । ६३ औ मिनेटमा चेल्सीका क्याप्टेन अजपिलिकोएटाले गोल गर्दै खेल ४-२ को स्थितिमा पुर्याएका थिए ।

त्यसपछि ब्लाईन्डले ६८ औ मिनेट तथा वेल्टमेन ६९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि अजाक्स ९ खेलाडीमा सिमित बनेको थियो ।

७१ औ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

चेल्सीका रिस जेम्सले ७४ औ मिनेटमा गोल गर्दै खेललाई ४–४ को बराबरी गरेका थिए ।

समूह एचको खेलमा दुवै टोलीले समान ७ अंक जोडेका छन् । गोल अन्तरका आधारमा अजाक्स पहिलो र चेल्सी दोस्रो स्थानमा छ ।