टोटेनहममाथि लिभरपुलको उत्कृष्ट जित, शिर्षस्थानमा ६ अंकको अग्रता

प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा लिभरपुलले टोटेन्ह्यामलाई पराजित गरेको छ।

घरेलु मैदान एन्फिल्डमा सम्पन्न निकै नै रोमाञ्चक खेलमा लिभरपुलले टोटेन्ह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

शिर्ष स्थानको लिभरपुलले एक गोलले पछाडी परेको स्थिति उल्ट्याउदै टोटेन्ह्याम माथि सानदार जित हात पारेको छ। खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेन्ह्यामले अग्रता लिएको थियो। खेलमा लगातार आक्रमण गरेपनि टोटेन्ह्यामका गोलकिपरको उत्कृष्ट प्रदर्शन मद्दतले पहिलो हाफ सम्म खेलमा टोटेन्ह्याम १-० अगाडी थियो।

तर दोश्रो हाफमा अझ शसक्त प्रदर्शन गर्दै लिभरपुलले खेलको ५२ औ मिनेटमा जोर्डन ह्यान्डेर्सनको गोलको मद्दतले खेल बराबरीमा ल्यायो। खेलको ७५ औ मिनेटमा टोटेन्ह्यामका सर्जियो अयुरोले साडियो मानेलाई डिबक्स भित्र लडाए पछि प्राप्त पेनाल्टीमा गोल गर्दै मोहमद सलाहले लिभरपुललाई जित दिलाए।

जित संगै लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रा कायम राख्यो भने १० खेलबाट २८ अंक जोड्दै दोश्रो स्थानको सिटीसंगको दुरी ६ अंक बनाउदै शिर्ष स्थानमा बलियो पकड बनायो।

हार पछि टोटेन्ह्याम भने १० खेलबाट १२ अंक सहित लिगको ११ औ स्थानमा झरेको छ। यो सिजन टोटेन्ह्यामले लगातार खराब प्रदर्शन गर्दै आएको छ।

Soccer Football – Premier League – Liverpool v Tottenham Hotspur – Anfield, Liverpool, Britain – October 27, 2019 Tottenham Hotspur’s Toby Alderweireld and Paulo Gazzaniga in action from a corner Action Images via Reuters/Jason Cairnduff