सिरी एः लेसीसँग बराबरीमा रोकियो युभेन्टस

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको लिग लिडर युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा दुबै गोल पेनाल्टी मार्फत भएको थियो। डिबालाले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । खेलको ५६ औं मिनेटमा मार्को मन्कोसुले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरी फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै युभेन्ट्सले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ भने लेसीको ९ खेलबाट ८ अंक छ ।