एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले एस्टन भिल्लालाई हराएको छ। शनिबार भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ३–० ले हराएको हो ।
सिटीले पहिलो हाफमा लगातार आक्रमण गरेपनि गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो हाफको पहिलो मिनेटमै रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछी आक्रामक फुटबल खेल खेलेको सिटीले ६५ औ मिनेटमा केभिन डी ब्रुईनाको गोल संगै अग्रता दोब्बर पार्यो । त्यसको ५ मिनेटपछी गुन्डोगनले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।
खेलको अन्त्यतिर फर्नान्डिन्हो दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।
जितसंगै सिटीले १० खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानको लिभरपुलसंगको दुरी ३ अंकमा झारेको छ ।