सनी विश्वकर्मा बने नेपालको पहिलो लोकस्टार

८ कात्तिक, काठमाडौं । सनी विश्वकर्मा नेपालको पहिलो आईएमई लोकस्टार बनेका छन । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।