च्याम्पियन्स लिगः लिभरपुल, चेल्सी, बार्सिलोना तथा इन्टर मिलानको जित

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगमा प्रभावशाली जित आत्मसाथ गरेको छ ।

बुधबार राति भएको समूह ईको खेलमा लिभरपुलले बेल्जियमको केआरसी जिन्कलाई ४–१ गोल अन्तरले हराएको हो ।

प्रिमियर लिगको शीर्ष स्थानको क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा प्रभावशाली जित निकाल्ने क्रममा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई, साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।

त्यस्तै अन्तिम समयमा गोल गर्दै चेल्सीले अजाक्सलाई १–० गोल अन्तरले हराउदै संघर्षपूर्ण जित निकालेको छ । चेल्सीका लागि खेलको ८६ औ मिनेटमा मिचु वात्सुयीले विजयी गोल गरेका थिए।

बुधबार राति नै भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाभिया प्राहालाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो ।

जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।

बुधबार राति भएको खेलमा अर्को खेलमा इन्टरले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेज र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे । यस्तै खेलमा मार्टिनेजले एक पेनाल्टी खेर फालेका थिए ।

जितसँगै समूह एफको इन्टरले ३ खेलमा ४ अंक जोडेको छ । इन्टर तालिकाको तेस्रो स्थानमा छ ।

पराजित डर्टमण्ड ४ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा ७ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा छ ।