भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा !

भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि बिदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका छन् ।