सेफिल्डसंग चुक्दा आर्सनलले शिर्ष ४ मा उक्लने अवसर गुमायो

एजेन्सी । प्रिमियर लिग फुटबल अन्तर्गत गयराती सम्पन्न खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडले आर्सनललाई स्तब्ध बनाएको छ ।

सोमबार राति भएको खेलमा सेफिल्ड युनाईटेडले आर्सनललाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे । जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ ।

प्रिमियर लिगमा फर्किएपछि सेफिल्डले ठुलो जित निकाल्न सफल भएको हो । उसले नवौ स्थानमा उक्लिनका साथै रेलिगेशन जोनसंग ४ अंकको अग्रता लिन सफल भएको छ ।

हारसंगै लण्डन क्लबले शीर्ष चारमा उक्लने अवसर गुमायो । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा रह्यो ।