इंग्लिस प्रिमियर लिगः चेल्सी विजयी, टोटेन्ह्याम बराबरीमा रोकियो

एजेन्सी। इंग्लिस प्रिमियर लिग अंतर्गत शनिवार सम्पन्न खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ। चेल्सीले घरेलु मैदान स्ट्याम्फोर्डमा भएको खेलमा न्युक्यासललाई १-० गोल अन्तरले पराजित गर्यो।

निकै नै प्रतिस्पर्धात्मक खेलको ७३ औं मिनेटमा चेल्सीको लागि मार्कोस अलोन्सोले एक मात्र गोल गरेका थिए। लगातार आक्रमण गरेपनि न्युक्यासलका गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण चेल्सी लामो समय सम्म गोल गर्न असफल भएको थियो। न्युक्यासलका गोलकिपरले चेल्सीको आधा दर्जन भन्दा प्रहारहरु असफल बनाएका थिए।

यो जित संगै चेल्सीले लगातार पाँच खेल जितेको छ। ९ चरणको खेलसंगै १७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ।

त्यस्तै आजै भएको अर्को खेलमा टोटेन्ह्याम वाट्फोर्ड संग बराबरीमा रोकिएको छ। यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको टोटेन्ह्यामले ९ खेलमा ३ जित, ३ हार र ३ बराबरी खेलेको छ।

त्यस्तै आजै भएको अन्य खेलहरुमा बर्नमाउथ र नर्विचले १-१ तथा उल्भसले साउथह्याम्प्टन संग गोलरहित बराबरी खेलेका छन भने एस्टन भिल्लाले ब्राइटनलाई तथा लेष्टर सिटीले बर्नलीलाई समान २-१ गोल अन्तरले पराजित गरेको छ।