एजेन्सी । ईबरलाई ३–० गोल अन्तरले हराउदै बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ईबरलाई उसकै घरेलु मैदानमा ३–० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुईस स्वारेजले एक एक गोल गरे ।
खेलमा अग्रता १३ औ मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले लिएको थियो । त्यस्तै खेलको ५८ औ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई २-० को अग्रता दिलाए।
लुईस स्वारेजले ६६ औ मिनेटमा क्लबका लागि तेस्रो गोल गरेका थिए ।
सबै प्रतियोगितामा बार्सिलोनाको यो लगातार पाँचौ जित हो ।
शीर्ष स्थानको बार्सिलोनाले ९ खेलबाट १९ अंक जोड्यो र दोस्रो स्थानको रियल मड्रिडसंग एक अंकको अग्रता लियो । ईबर ९ अंक सहित १३ औ स्थानमा रह्यो ।