एभरटनद्वारा वेस्टह्याम युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग अन्तरगत शनिवार भएको पहिलो खेलमा एभरटन विजयी भएको छ। उसले आफ्नो घरेलु मैदानमा भेको खेलमा वेस्टह्याम युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

नेपाली समय अनुसार शनिवार साँझ ५ः१५ बजे शुरु भएको खेलमा घरेलु टोली एभरटनले खेलको १७औ मिनेटमा बर्नार्डको गोल मार्फत अग्रता लिएको थियो। त्यस्तै खेलको अतिरिक्त समयको ९२औ मिनेटमा सिगर्सनले गोल गर्दै एभरटनलाई २-० को जित दिलाए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एभरटनको २ वटा प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो भने वेस्टह्यामको प्रहारहरु एभर्टनका गोलकिपर पिक्फर्डले उत्कृष्ट बचाउ गरेका थिए।

जित संगै एभरटनको ९ खेलबाट १० अंक भएको छ भने वेस्टह्याम युनाइटेड १२ अंक सहित १० औ स्थानमा रहेको छ।