चिनियाँ अभिनेत्री ‘सु चिङ’ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा

नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त भएकी छिन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुसी लागेको बताइन् । पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’

सन् १९९० मा ‘लाइफ अन ब स्टि्रङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।