१ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै ऋणपत्र निष्काशन गर्ने वाणिज्य बैंकको लहरमा प्रभु बैंक पनि थपिने भएको छ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको छ। बैंकले कुल १ अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्बसाधारणमा जारी गर्नेछ भने बाँकी ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र बैंक आफैंले व्यक्तिगत तवरबाट अन्य संस्थापक शेयरधनी तथा संघ संस्थालाई बिक्री गर्ने छ ।

बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव अझै समाधान हुन सकेको छैन । यसैको सम्बोधनका लागि एकपछि अर्को गर्दै बैंकहरु दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक रुपमा प्रयोग गर्न थालेका छन्।