जापानमा शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु, कैयौँ बेपत्ता

एजेन्सी । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु भएपछि उद्धारका लागि २७ सय सेना र सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

आँधीमा ६० जना घाइते भएका छन् भने १७ जना हराईरहेका छन् । राजधानी टोकियो लगायत जापानका बिभिन्न शहरहरु आँधीबाट तहसनहस भएका छन् ।

प्रतिघण्टा २ सय २५ किलोमिटरको दरले आएको आँधी साठी बर्ष यताकै सबैभन्दा खराब मानिएको छ । ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ ।

हालसम्म ५० हजार भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् । हवाई सेवा अवरुद्ध हँुदा एक हजार भन्दा बढी उडानहरु प्रभावित भएका छन् ।