दरबारमार्गस्थित भिक्ट्री लाउन्जमा आगलागी


दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ।

आइतबार साँझ करिब ६ बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।

प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।

‘५/६ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ’, प्रहरी नायब निरीक्षक गोविन्द नायकले भने, ‘कुनै पनि मानवीय क्षति भने भएको छैन।’