जापानमा अहिलेसम्मकै शक्तिशाली आँधीबेरी, जनजिवन प्रभावित

एजेन्सी। जापानमा अहिलेसम्मकै शक्तिशाली आँधी आएको छ । आँधीको कारण टोक्यो, चिवा, ईबाराकी, गन्मा साईका र नागोया क्षेत्र प्रभावित भएको छ। मौसम पूर्वानुमान सम्बन्धी अधिकारीहरूका अनुसार जुनसुकै समय आँधीले विपत्ति निमत्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।

आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियाे । आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधि कारीहरुले जनाएका छन् । निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो ।

एक हजार ६ सय बढी विमान हरुले पनि उडान गर्न पाएका थिएनन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ । चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ ।