आक्रामक व्यापार गर्दै आइफोन ११, अहिले सम्मकै उच्च व्यापार

एजेन्सी। एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनले आक्रामक व्यापार गरिरहेका छन।

सोचेभन्दा बढी माग भएसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ ।

आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ । एप्पलले आफ्नो इतिहासमै पहिलोपटक पूरानो मोडेल भन्दा कम मूल्यको नयाँ मोडलको आइफोन सार्वजनिक गरेको थियो यो पटक ।

एप्पलले गत सेप्टेम्बरमा आइफोन ११ स्मार्टफोन लञ्च गरेको थियो । उक्त सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स गरी तीनवटा आइफोन रहेका छन् ।