काठमाडौँ । युरोकप २०२० को छनौट खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई पराजित गरेको छ ।
गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो तथा गुएडेसले एक-एक गोल गरेका थिए ।
रोनाल्डोले यो गोलसँगै पोर्चुगलका लागि १६१ खेलमा ९४ गोल गरेका छन् ।
जितपछि समुह बि मा पोर्चुगलको ५ खेलमा ११ अंक भएको छ भने दोस्रो स्थानमा समेत उक्लिएको छ । त्यस्तै लक्जेम्बर्गको ६ खेलमा ४ अंक रहेको छ ।
अब पोर्चुगलले अर्को खेल समुह बि मा शिर्ष स्थानमा रहेको युक्रेनसँग आगामी सोमबार खेल्ने छ ।