मकवानपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

मकवानपुर, २० भदौ। सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमो मकवानपुर जिल्लाको भीमफेदीमा दुर्घटना भएको छ। दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो भीमफेदीमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घनामा परी रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थानका ७० बर्षीय वीरसिंह वाइबा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै सुमो चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।