शालिकराम मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ

साउन ३०, काठमाडौं । प्रहरीले पत्रकार रवि लामिछानेलाई पक्राउ गरेको छ । माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा बिहीबार साँझ न्युज २४ को कार्यालय बाटै रबि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मृतक पत्रकार पुडासैनीले आफूले लामिछाने, कँडेल र अस्मिता कार्की लगायतको कारणले आत्महत्या गर्न बाध्य पारेको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो ।