काठमाडौंबाट ११ जना जुवाडे पक्राउ

गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटीस्थित सोलुखुम्बु घर भएका ३६ वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई १ बुक तास र नगद २ हजार ७ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।