पेट्रोल, डिजेल तथा मट्टीतेलको मुल्य बढ्यो, एल.पी. ग्यासको मुल्य घट्यो

काठमाडौं २२, साउन । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मटितेलको मुल्य बढाएको छ । मङ्लबार राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदर्थको मुल्यमा हेरफेर गरेको हो।

पेट्रोल प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मटितेल प्रतिलिटर ५० पैसाले बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १०९ रुपैयाँ तथा डिजेल र मटितेलको ९७ रुपैयाँ कायम भएको छ ।

तर एलपी ग्याँसको मुल्य भने प्रति सिलिन्डर २५ रुपैँयाले घटेको छ। मूल्य घटेपछि प्रति सिलिन्डर ग्यासको १ हजार ३७५ रुपैयाँ कायम भएको छ भने हवाई इन्धनको मुल्य भने यथावत रहेको छ।