अपडेटः बाढी-पहिरोका कारण हालसम्म ६० को मृत्यु, २६ बेपत्ता

काठमाडौँ । बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ६० पुगेको जानकारी प्रप्त भएको छ । आज अपराहन्न साढे ४ बजेसम्मको तथ्याङ्कअनुसार अहिलेसम्म २४ महिला र ३६ पुरुष गरि ६० जनाको मृत्यु भएको छ भने बेपत्ता हुनेको संख्या २६ पुगेको जानकारी प्राप्त भएको छ।
त्यस्तै बाढी-पहिरोमा परि १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केहि दिन देखिको अविरल बर्षापछि बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । मुख्य राजमार्गका पुल भत्किएका छन् । पहिरोले सडक पुरेको छ । कतिपय ठाउँमा सडक नै बगाएको छ । यसका लागि प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Photo: THT