कांग्रेस दिनभरी विपी र रातिमा विप्लव किन? मन्त्री बास्कोटा

असार २६, काठमाडौँ । सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिनभरी विपी र रातिमा विप्लव हो??’ भन्दै प्रश्न गरेका छन् ।

सरकारको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवको हिंसाबारे टिप्पणी गर्दै कांग्रेस विप्लवको हिंसा बारे प्रष्ट हुन आग्रह गरेका छन् ।

कांग्रेसले पटक पटक गरेको टिप्पणी अस्पष्ट रहेको भन्दै नेकपाको सरकार बनेकोमा काँग्रेस छटपटीएको आरोप समेत लगाए ।

मन्त्री बास्कोटाले विषादी परीक्षणको विषय कुनै देश प्रति लक्षित नरहेको भन्दै यो नेपाल-र भारतको मात्र विषय नभएको बताए । विश्व व्यापार संगठनका सदस्य हुने देशले यो गर्नै पर्ने विषय भएको स्पष्ट गरेका छन् । उनले नेपालको तर्फबाट अझै आवश्यक तयारी नभएको मात्र रहेको बताए ।