ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज हुने तयारीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जर गर्न न्रिदेशन दिए सँगै दुई ठुला बैंक ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा मर्ज हुने तयारीमा छन् ।

दुवै बैंकका अध्यक्षले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेको ग्लोबल आईएमइ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिएका छन ।

यसअघि असार २७ गते राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुनु अघि बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

यो सँगै ठुला बैंकहरु मर्जरका लागि तीव्र तयारी थाल्दै आएका छन् ।