गण्डकी प्रदेश सभाले गर्यो बजेट पारित,अब सांसदले पिए राख्न पाउने

पोखरा। प्रदेश सरकारले असार १ गते ल्याएको बजेट तथा असार ५ गते ल्याएको विनियोजन विधेयक शुक्रबार पारित भएको छ । बजेट पारित हुनुअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । प्रत्यक्ष र समानुपातिक दुबै सांसदहरुको प्रभावकारी भूमिका हुने गरी बजेट कार्यान्वयन हुनेछ ।

यस संगै गण्डकी प्रदेशका सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । अरु प्रदेशमा पोहोरबाटै सांसदले यो सुविधा पाए पनि गण्डकीमा कार्यान्वयन हुन सकेको थिएन । आगामी बजेट कार्यान्वयनसँगै उनीहरुले यो सुविधा पाउनेछन् ।

साउन १ गतेदेखि लागु हुने गरी आगामी आर्थिक वर्षको बजेटमार्फत नायब सुब्बाको पारिश्रमिक पनि वृद्धि भएको छ । २३ हजार ५ सय बाट २० प्रतिशत वृद्धि गरी २८ हजार २० रुपैयाँ पाउने गरी बढेको तलब स्केल बराबरको सुविधा पाउने गरी साउन १ गतेदेखि नै गण्डकीका सांसदले पिए राख्न पाउने भएका हुन् ।