शृङ्खलाबद्द सिरिन्ज आक्रमणको आशंकामा एक व्यक्ति पक्राउ

१३ असार, काठमाडौं । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा सिरिन्ज आक्रमणको आशंकामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

उनले सिरिन्ज नभई सुरुमा काठको सुइरो र पछि ढलान किलोले घोच्ने गरेको बयान दिएका छन् । प्रहरी प्रवक्ताका अनुसार आक्रमण गर्नुको कारण महिलाहरुले गर्मीमा लगाउने पहिरनले आफुलाई रोमाञ्चित गराउने र उनिहरुलाई जिस्क्याउने हेतुले गरेको प्रारम्भिक बयान दिएका छन।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे ।