अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराएको हो ।

खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । लियाेनल मेस्सीकाे कर्नरमा अग्युराेले डिबक्स भित्रबाट प्रहार गरेकाे बललाई मार्टिनेजले ब्याक हिल फ्लिक गर्दै सुन्दर गोल गरे ।

खेलको ७४ औ मिनेटमा अग्युराेले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई गाेलकिपरले क्लियर गर्न नसक्दा जियोवानी लो सेलोले चलाखिपुर्ण तरिकाले गोल गर्दै खेलमा २-० को अग्रता बनाएका थिए।

अब अर्जेन्टिनाले फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग जुलाई ३ तारिखामा प्रतिस्पर्धा गर्नेछ ।