राष्ट्रिय परीक्षा बोर्ड : एसईईको नतिजा विहिबार सार्वजानिक हुने

काठमाडौं, ११ असार । एसईई परीक्षाको नतिजा भोली सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारीअनुसार सबै तयारी पुरा भैसकेको छ, नतिजा भोली प्रकाशन गर्ने तयारी छ ।

बोर्डका अनुसार यो वर्षदेखि पहिलोपटक प्रदेश अन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागेको छ । बोर्डकाअनुसार गत वर्ष प्रदेश अन्तर्गत परीक्षाफल प्रकाशन गर्न नसकिएकाले यो वर्ष देखि प्रदेश अन्तर्गतको परीक्षा फल प्रकाशन गर्न लागिएको हो । गत वर्ष चैत्र १० गते सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ५९ हजार सहभागि थिए भने एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।