अन्ततः गलबन्दी गितको बिबाद टुगिंयो, हेर्नुहोस यसरी भयो सहमती

काठमाडौं, ११ असार। प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफलमा गलबन्दी गितको विषयमा भएको विवादमा सहमति भएको छ।

गीतको विवादबारे प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा गायक शम्भु राई र प्रकाश सपुतवीच ४ बुँदे सहमति भएको हो। सहमति अनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम उल्लेख हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको अहिले सम्मको तथा आउदा दिनहरुमा कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ भने शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।