अन्ततः पछि हट्यो सरकार, गुठी विधेयक फिर्ता लिने निर्णय

काठमाण्डौ। चौतर्फी दबाब र दिनहुँको बिरोध प्रदर्शनपछि सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी हुन्।

‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु,’ पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन्।