बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

बझाङ, २ असार । बझाङको मस्टा गाउँपालिका १ डौठी भन्ने स्थानमा आज भएकाे जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।

मृत्यु भएका सबैकाे सनाखत भएको छ ।मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरले जनाएकाे छ ।

घाइतेहरुलाइ उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भएपनि मौसम खराब भएकाले हेलिकोप्टर उड्न नसकेकाे स्थानीयवासीले बताएका छन् ।दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।