पेट्राेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्राेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागूहुनेगरी निगमले मूल्य घटाएको हाे।

निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको उपनिर्देशक विनिमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार अवदेखि
काठमाडौंको(थानकाेट डिपाेकाे १५ कि.मि. परिसर सम्म) पेट्रोलकाे नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने छ।

खाना पकाउने ग्यास,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।