काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ८ लेनको चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर सडकको गतिको सीमा तोकेको छ ।
चक्रपथ विस्तारपछि उक्त सडक खण्डमा सडक दुर्घटनाको जोखिम उच्च भएको र दिनहुँ दुर्घटना हुन थालेपछी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उक्त कदम चालेको हो । नयाँ नियमानुसार अब यो सडक खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र चलाउन पाइनेछ भने सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र तोक्न पाइनेछ ।
यो नियम कार्यान्वयनका लागि महाशाखाले प्रविधिको प्रयोग गरेर गति नाप्न सुरु गरेको छ । तोकिएभन्दा बढी गतिमा सवारी चलाएको पाइए नियन्त्रणमा लिएर कारवाही गरिने महाशखाले जनाएको छ।
शुक्रबार यो सडकखण्डको धोबीघाटमा उच्च गतिमा आएका मोटरसाइकल र स्करपियो ठोक्किएर दुर्घटना हुँदा २ पत्रकारले ज्यान गुमाएका थिए ।
यो खण्डमा यस्तै खालको दुर्घटनाको संख्या बढेपछि ट्राफिक प्रहरीले गति सीमित गर्न सीमा तोकेको हो ।