अमेरिकी भिषासम्बन्धी नयाँ नियम, सामजिक सञ्जालको रेकर्ड दिनुपर्ने

बीबीसी। अमेरिकाका लागि भिसा आवेदन दिनेहरूले अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरण बुझाउनुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयको नयाँ नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

तर यो नियम कुटनीतिज्ञहरुका लागि भने लागू हुनेछैन। तर, अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ सामाजिक सन्जालका विवरण बुझाउनुपर्ने जनाइएको छ। सुरक्षाका लागि यस्तो नियम लागू गर्नुपरेको विदेश मन्त्रालयले जनाएको छ।

यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो। अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ। साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ। सामाजिक सञ्जालको प्रयोगबारे गलत जानकारी दिनेहरूले आप्रवासनसम्बन्धी गम्भीर परिणामू भोग्नुपर्ने जनाइएको छ।

ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलोपटक स्ता नीतिबारे प्रस्ताव गरेको थियो। सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानका क्रममा डोनाल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए। पदमा आउनुअघि र पद सम्हालेपछि उनले आप्रवासीमाथि कठोर जाँच गरिनुपर्ने बताएका थिए।