बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन

एजेन्सी । स्पेनिस कोपा डेल रे २०१९ को उपाधि भ्यालेन्सियाले जितेको छ । गए राती सम्पन्न फाइनलमा बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

पराजयसंगै बार्सिलोना सिजनको दोस्रो उपाधि जित्नबाट चुक्यो। खेलमा अग्रता भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट लिएको थियो ।

३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।

कोपा डेल रे जितेर च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजित हुदै बाहिरिनुको पिडामा मलम लगाउने आश गरेको थियो ।