बुद्ध एअरले भोलिदेखि काठमाडौँ-कोलकाता उडान सुरु गर्दै

काठमाडौँ । बुद्ध एअरले सोमबार देखि काठमाडौँ देखि कोलकाता सम्म उडान गर्ने जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गरी सोमबार देखि काठमाडौँ–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागेको जानकारी गराएको हो।

बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ-कोलकाता उडान गर्ने छ । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागेको काठमाडौँ-कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौँबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने, बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।