अत्याधिक बहुमतसहित भाजपाको ऐतिहासिक जीत, फेरि मोदी सरकार

१७ औ लोकसभाको ५४३ सिटका लागि भएको निर्वाचनमा ३५१ सिटसहित ऐतिहासिक जीत हासिल गर्दै बहुमत हासिल गरेको भाजपाको सरकार बन्ने भएको छ। यस संगै नरेन्द्र मोदी पुनः ५ बर्षकोलागि भारतका प्रधानमन्त्री बन्ने छन । भाजपाले यो पटक २०१४ भन्दा पनि ठुलो र ऐतिहासिक जीत दर्ता गरेको छ । यसक्रममा १० राज्य र केन्द्र शासित प्रदेशमा क्लीन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारेको भाजपाले कांग्रेसको राजनिति ध्वस्त पारेको छ ।

भारतिय राजनितीमा देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसले लोकसभा चुनावमा लगातार दोस्रो पटक नराम्रोसँग पराजय व्यहोरेको छ। यतिसम्म कि कांग्रेसले प्रतिपक्षको लागी फेरी एक पटक आवश्यक आकडा समेत जुटाउन सकेन । कांग्रेस अध्यक्ष राहुल गांधीको अगुवाईमा यो हार पुर्व प्रधानमन्त्रि इदिरा गांधी र राजीव गांधी (१९८९) को नेतृत्वमा भन्दा नराम्रो रह्यो ।

करिब ५ महिना पहिला कांग्रेस जुन तिन राज्य राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपालाई हराउदै सत्तामा फकिएको थियो, त्यहाँ पनि उसले हार ब्यहोर्नु पर्यो । आफै राहुल गांधि पुश्तैनी सीत अमेठीबाट चुनाव हारे । अमेठीबाट हार्ने उनी पहिलो गांधी परिवारका पहिला सदस्य हुन् ।

कांग्रेसका नौ पुर्व मुख्यमन्त्रिहरु सहित केयौ दिग्गजहरुले हारको सामना गर्नु पर्यो । दिल्लिको सत्ताको सबैभन्दा ठुलो ढोका युपीमा पनि भाजपाले रणनितिले सपा–बसपा–गठबन्धनको चुनौतिलाई ध्वस्त गरे । यो अर्को कुरा छ कि उसको सिट केही कम भयो । भाजपाले १२ प्रमुख र ठुलो राज्यमा ५० प्रतिशभन्दा धेरै भोट हासिल गरेसँगै पश्चिम बंगाल र ओडिशामा गएको चुनावको सफलताभन्दा ठुलो सफलता हासिल गरे । यता, युपीमा सहयोगी आफनो दलसँगै मिलेर पनि उसले ५ प्रतिशतभन्दा धेरै भोट हासिल गरे ।