धितोपत्र बजार: नेप्से ७ दशमलव ४९ अंकले वृद्धि

काठमाडौं ,८ जेठ । साताको चौथो दिन आज (बुुधबार )पनि नेप्से कारोवार बढेको छ । नेप्से आज सात दशमलव ४९ अंकले बढेर १३ सय १९ दशमलव ६३ बिन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३५ अंकले बढेर दुुई सय ८१ दशमलव २७ बिन्दुुमा चढेको छ ।

एक सय ७१ वटा कम्पनीहरुको १२ हजार चार सय २२ वटा कारोवारमा ३४ लाख ३६ हजार नौ सय ३७ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोवार रकम ९६ करोड ६६ लाख ९३ हजार दुुई सय ४९ रुपैयाँ पुुगेको छ ।  नेप्सेमा आज ११ वटा समूहको कारोवार हुँदा उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक ओरालो लागे पनि बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ५९ अंकले बढेर ११ सय ६८ दशमलव ३६ बिन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि छ दशमलव तीन अंकले बढेर १६ सय आठ दशमलव ८८ विन्दुुमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ६८ दशमलव ६३ अंकले बढेर १३ सय ४३ दशमलव ६६ बिन्दुुमा चढ्दा निर्जीवन बीमा समूहको सूचक पनि १० दशमलव ९४ अंकले बढेर पाँच हजार आठ सय ९० दशमलव ५२ विन्दुुमा चढेको छ । यीबाहेक फाइनान्स, जीवन बीमा, होटल र लघुबित्त समूहको सूचक पनि बढेका छन् । आज बढी कमाउने कम्पनीको सुुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयरमूल्य १० रुपैयाँले बढेर एक सय २१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयरमूल्य नौ रुपैयाँ ४८ पैसाले घटेर एक सय पाँच रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ४३ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ९६ लाख २८ हजार तीन सय ७५ रुपैयाँको कारोवार भएको छ ।रासस