प्रिमियर लिग २०१८/१९ को उपाधि म्यानचेष्टर सिटीलाई

एजेन्सी । म्यानचेष्टर सिटीले लगातार दोश्रो पटक प्रिमियर लिगको च्याम्पियन भएको छ । आईतबार लिगको अन्तिम खेलमा ब्राईटनलाई ४-१ गाेल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको लिग उपाधिमा कब्जा जमाएको हो ।

यससंगै १० बर्षपछी प्रिमियर लिग उपाधि डिफेन्ड गर्ने पहिलो टिम पनि बनेको छ।

ब्राब्राईटनले घरेलु मैदानमा २७ औ मिनेटमा मुरेको गोलबाट अग्रता लिएको थियो । लगत्तै सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए । लापोर्टीले ३८ औ मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए ।

६३ औ मिनेटमा रियाद महरेजले सिटीका लागि तेस्रो गोल गरे । ७२ औ मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै गुन्डोगानले सिटीलाई प्रभावशाली जित दिलाए ।

सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझायो । सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । तर अन्तिम खेलमा समेत गोल बर्षा गर्दै सिटीले उपाधि रक्षा गर्न सफल रह्यो ।

सिटीले ९८ अंक सहित लिग उपाधि जित्यो । भने उपविजेता लिभरपुल ९७ अंकसहित दोश्रो स्थानमा रह्यो ।